अष्ट्रेलियन सरकारले सबै किसिमका भिसा होल्डरलाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउने

0
316

मेलबर्न। अष्ट्रेलियन सरकारले सबै किसिमका भिसा होल्डरलाई कोरोना विरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने भएको छ। विद्यार्थी भिसा होल्डरहरु कोरोना खोप उपलब्ध हुने/ नहुने या शुल्क तिर्नुपर्ने / नपर्ने बारेमा अन्योलमा रहेको समयमा सरकारले उक्त घोषणा गरेको हो।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टको भनाइलाई उधृत गर्दै एसबिएस न्युजले लेखेको छ, ” मेडिकल विज्ञहरुको सल्लाह अनुसार, अष्ट्रेलियामा रहेका सबैलाई नि:शुल्क खोप उपलब्ध गराउने भएको छ। त्यसमा शरणार्थीदेखि सबै किसिमका भिसा होल्डर पनि पर्छन्।”।

स्वास्थ्यमन्त्री ग्रेगले भनेका छन्, ” भिसा क्यान्सल भएकाहरुले समेत भ्याक्सिन पाउनेछन्। अष्ट्रेलियाको माटोमा जो-जो व्यक्ति छन्, ती सबै यो भ्याक्सिन नि:शुल्क लगाउने अधिकार राख्छन्। त्यस्तै, अष्ट्रेलिया सरकारले अष्ट्रेलियामा रहने सबै जनाको लागि भ्याक्सिन वितरण गरेर स्वास्थ्य सुरक्षा अपनाउन चाहन्छ “।