अष्ट्रेलियाको भिक्टोरियामा आज २४ पुग्यो सक्रिय संक्रमितको संख्या

0
178

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका छन्।

शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १४ हजार ६ सय १२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये तीन जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

भिक्टोरियामा समुदाय स्तरमा नयाँ संक्रमितको संख्या आज शुन्य रहेको छ। त्यस्तै, हिजो २१ रहेको सक्रिय संक्रमितको संख्या आज तीन जना थपिएपछि २४ पुगेको छ।