लामो समयको प्रेम सम्बन्धपछि बिहे गर्दै गायिका अञ्जु पन्त

0
104

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

 अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्ने भएकी छिन्। थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो।त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे।

काठमाडौंअघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन्। पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल उनी गैरसरकारी संस्थामा सञ्चालन गर्छन्। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।