अष्ट्रेलियाको पर्थमा फैलियो डढेलो, कम्तिमा ५९ घर ध्वस्त

0
250

पर्थ। वेस्टर्न अष्ट्रेलियाको पर्थमा डढेलो लागेको छ। सोमबार Wooroloo बाट सल्केको डढेलो व्यापक फैलिएको हो।

डढेलोले हालसम्म कम्तिमा ५९ घर ध्वस्त बनाएको छ र सेभेन न्युजका अनुसार, यो संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। घर ध्वस्त भएतापनि मानिसलाई भने केही नभएको बताइएको छ।

डढेलो क्षेत्रमा हाल पनि दुई सय जना फायर फाइटरले काम गरिरहेका छन्। त्यस्तै, Vines, Bailup, Ellenbrook, Gidgegannup, Millendon, Walyunga National Park, Upper Swan, Aveley, Henley Brook, Avon Valley national park, Red Hill, Belhus, Baskerville, Herne Hill, Bullsbrook, Wooroloo, Brigadoon, Chittering र Northam मा अझै जोखिम रहेको बताइएको छ।

हिजोभन्दा आज अवस्था नियन्त्रणमा रहेको भएतापनि अझै जोखिम नटरेको अधिकारीहरुले बताएका छन्।