अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले खुल्ला गर्यो स्किल्ड भिसा प्रोग्राम

0
307

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले स्किल्ड भिसा प्रोग्राम खुल्ला गरेको छ। क्विन्सल्याण्डले ४९१ र १९० स्किल्ड भिसाका लागि १ फेब्रुअरीदेखि आवेदन खुल्ला गरेको हो।

एसबिएस न्युजले यो स्किल्ड भिसा प्रोग्राम ७ फेब्रुअरीसम्म मात्र खुल्ला रहने उल्लेख गरेको छ। त्यसपछि अप्रिल महिनामा मात्र आवेदन खुल्ला हुनेछ। त्यस्तै, क्विन्सल्याण्डमा काम गरिरहेकाहरुले मात्र आवेदन दिन पाउनेछन्। र, आवेदकले नयाँ इओआई बुझाउनु पर्नेछ।

सबक्लास ४९१ भिसाको लागि न्युनतम ६५ पोइन्ट हुनुपर्नेछ। कम्तिमा पनि पछिल्लो तीन महिना क्विन्सल्याण्डको रिजनल क्षेत्रमा काम गरिरहेको हुनुपर्नेछ।

त्यस्तै, सबक्लास १९० भिसाका लागि न्युनतम ८० पोइन्ट्स आवश्यक पर्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.