अष्ट्रेलियाबाट धादिङ्ग समाजको पहलमा मृगौला पिडित बिरामीको लागि आर्थिक सहयोग

0
273

मेलबर्न। नेपालको धादिङ्ग स्थायी घर भई हाल अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीहरुको साझा संस्था ‘धादिङ्ग समाज अष्ट्रेलिया’ले मृगौला पिडित बिरामीको लागि आर्थिक सहयोग गरेको छ।

धादिङ जिल्ला त्रिपुरासुन्दरी ७ निवासी भिमसेन ढकाल मृगौला पिडित रहेको र आर्थिक समस्याबाट गुज्रिरहेको जानकारी पाएपछि धादिङ्ग समाजले आर्थिक सहयोग अभियान चलाएको निराजन गौलीले बताउनुभयो।

उक्त अभियानबाट २३१०.९० अष्ट्रेलियन डलर ( २ लाख ५ हजार नेपाली रुपैयाँ) संकलन भएको छ। गौलीले मानवीय कार्यमा यसरी नै जुटेर अगाडी बढ्न सकौं भन्ने भावना व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद दिनुभएको छ।

भिमसेन ढकालको यस अगाडी प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेपछि नियमित डायलासिसको लागि उनलाई आर्थिक सहयोगको आवश्यकता परेको हो ।