सोमबार राति सडकमा नेपाली सेनाका बख्तरबन्द गाडी निस्कने

0
262

काठमाण्डाै – नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने भएका छन् । काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्कने सेनाले जनाएको छ ।

यसलाई नेपाली सेनाले नियमित अभ्यास भनेको छ । सेनाले ट्विटमार्फत भनेको छ, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं