आजसम्म ८८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

0
323

१८ माघ काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म देशभरका १८५ खोप केन्द्रबाट ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकीमा १२ हजार ३११, लुम्बिनीमा १० हजार ७६०, कर्णालीमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएका हुन ।

मन्त्रालयले लक्षित समूहलाई अबको पाँच दिनभित्र खोप लगाउन अनुरोध समेत गरेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति