अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा प्रोसेसिङ्गको अवधि २४ महिना पुग्यो !

0
364

मेलबर्न। पच्चीस देखि ३३ वर्षसम्मका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत युवाहरुको सपना बनिरहेको अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा (सबक्लास १८९) प्रोसेसिङ्गको अवधि बढेको छ। यो भिसा अष्ट्रेलियामा स्थायी रुपमा बसोवास गर्न र काम गर्न पाइने भिसा हो ।

लकडाउनका कारण यस भिसाको पर्खाइमा रहेका युवाहरुमा निराशा छाएको छ। इमिग्रेसन विभागले अपेक्षा गरेभन्दा बढी एप्लिकेसन आएको र प्रोसेसिङ्ग अवधि २० देखि २४ महिनासम्म पुगेको बताएको छ।

विभागले प्राप्त एप्लिकेसन मध्येबाट कोरोना महामारीबाट बाहिर निस्कन सहयोग गर्ने पेशालाई प्राथमिकतामा राखिने जनाएको छ।