वेस्टर्न अष्ट्रेलियामा पाँच दिनसम्म यी कुरामा प्रतिबन्ध

0
181

पर्थ। वेस्टर्न अष्ट्रेलियाको पर्थ लगायत ठाउँमा कडा लकडाउन हुनेभएको छ। आइतबार बेलुका ६ बजेदेखि शुक्रबारसम्म लकडाउन हुनेभएको हो।

आइतबार बेलुका देखि काममा, अत्यावश्यक सामान किन्नको लागि, घर निजकै रहेर एक्सरसाइज गर्नको लागि र स्वास्थ्य जांचको लागि जानुपरेमा मात्र अनुमति हुनेछ। Perth Metro region, Peel region र south-west region मा मास्क अनिवार्य हुनेछ।

प्रतिबन्धका नियम :
जिम, प्ले ग्राउन्ड, आउटडोर रिक्रिएसनल फेसिलिटी, इन्टरटेनमेन्ट भेन्यु, क्यासिनो, वर्कसप, लाइब्रेरी बन्द रहनेछन्।
विवाह समारोह गर्न पाइनेछैन।
कसैको मृत्युको अन्तिम संस्कारमा बढीमा १० जना मात्र भेला हुन पाइनेछ।
एज्ड केयर होममा भिजिटर जान पाइनेछैन।
घरमा पाहुना लाग्न जान पाइनेछैन।
बिरामी भेट्न जान पाइनेछैन।
इमर्जेन्सी बाहेकका सर्जरीको समय सार्नु पर्नेछ।
स्कुल बन्द रहनेछन्।