अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य, सक्रिय संक्रमितको संख्यामा पनि कमी

0
255

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १० हजार ६ सय ८१ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।

त्यस्तै, भिक्टोरियामा संक्रमितहरु निको हुने क्रम पनि बढेको छ। भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या तीस मात्र रहेको छ।