मोटाउन चाहनेहरुका लागि सजिलो र प्रभावकारी उपाय

0
390

एजेन्सी । शरीरको आकार आकर्षण हो । मानिसको व्यक्तित्वमा उसको सुगठित शरीरले निकै नै प्रभाव पार्ने गर्छ । मिलेको शरीर पाउनुलाई मानिसहरु भाग्य सम्झिन्छन्, किनकी कोही व्यक्ति धेरै मोटो हुनाले तनावमा हुन्छ भने कोही व्यक्ति दुब्लो हुनाले तनावमा हुन्छ । 

कसैको शरीरमा हड्डीका संरचनाहरु छर्लंग देखिन्छन् ।  यस्तो अवस्थामा उक्त व्यक्तिले जति नै खाना खाओस्, उसको शरीरले त्यसलाई पचाउँछ, तर शरीरमा लाग्दैन । यस्तो अवस्थामा बजारमा पाइने प्रोटिन, भिटामिनहरु पनि खाने गरिन्छ। यसमा पैसा पनि धेरै लाग्छ ।  यदि मोटाउने उपायको लागि घरको सामग्री नै प्रयोग गरियो भने खर्च काम लाग्छ भने त्यसले शरीरमा कुनै पनि किसिमको नकारात्मक असर गर्दैन। 

मोटाउनको लागि घरेलु उपायको रुपमा सक्खर र घ्युको मिलावट अत्यन्तै प्रभावकारी हुन्छ ।  यसको लागि एक चम्चा घ्युमा एक चम्चा सक्खर मिलाउनुपर्छ । घ्यु सम्भव भएसम्म गाईको भयो भने राम्रो हुन्छ । यो मिलावटलाई हरेक दिन खाना खानुभन्दा आधा घण्टा अगाडी खानुपर्छ । यसले शरीर मोटो बनाउनको लागि मात्र नभई अरु कुरामा पनि उपयोगी हुन्छ । 

शरीर मोटो बनाउनको लागि घ्यु र सख्खर खानुका साथै आठ घण्टा मस्तको निन्द्रा सुत्ने बानी बसाल्नुपर्छ । यसको साथै प्रोटिन युक्त खानेकुराहरु खाने, चिया, कफी, रक्सी नपिउने गर्नुपर्छ ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.