अष्ट्रेलियाको बिजनेस भिजिटर स्ट्रिम भिसा भनेको के हो ?

0
458

बिजनेसका क्रममा अष्ट्रेलिया आउन चाहने व्यक्तिका लागि यो भिसा उपयुक्त हुन्छ। यस भिसा अन्तर्गत अष्ट्रेलिया आउने व्यक्तिले बिजनेससँग सम्बन्धित व्यक्तिहरुसँग भेटघाट गर्न सक्छ तर काम गर्न वा कुनै वस्तु बेचबिखन गर्न पाउँदैन। यो भिसाको समय अवधि तीन महिनाको हुन्छ र यसको भिसा शुल्क १४५ अष्ट्रेलियन डलर रहेको छ। यो भिसाको म्याद नसकिदा सम्म एक वा एक भन्दा बढी पटक अष्ट्रेलिया जान सकिन्छ।
यस किसिमको भिसाका लागि आवेदन दिँदा भिसा आवेदक अष्ट्रेलिया बाहिर हुनु जरुरी हुन्छ। यो भिसाको प्रक्रियाका लागि छ देखि चौध दिन सम्म लाग्न सक्छ।

बिजनेस भिजिटर स्ट्रिम भिसा प्राप्त गर्नका लागि नियम र सर्तहरू :

१ – अष्ट्रेलिया सरकारले तोकेको मापदण्ड अनुसारको स्वास्थ्य विवरण हुनुपर्छ।
२ – सकारात्मक व्यक्तिगत विवरण हुनुपर्छ अर्थात भिसा आवेदकका बारेमा कुनै क्रिमिनल रेकर्ड हुनुहुँदैन।
३ – तपाईंको अथवा तपाईंको परिवारका सदस्यले अष्ट्रेलिया सरकारको ऋण लिएको भए चुक्ता गर्नुपर्छ वा चुक्ता गर्ने चाँजोपाँजो मिलाउनु पर्छ।
४ – अष्ट्रेलियामा रहुन्जेल सम्मका लागि बस्न-खान पुग्ने गरी पैसा हुनुपर्छ।
५ – अष्ट्रेलियाको वास्तविक आगन्तुक ( जिनिउन भिजिटर ) हुनुपर्छ। अर्थात अष्ट्रेलियामा रहँदा त्यहाँको नियम कानून बमोजिम बस्नुपर्छ।
६ – भिसा आवेदकको उमेर अठारह वर्ष पुगेको हुनुपर्छ।
७ – यस भिसा अन्तर्गत अष्ट्रेलियामा रहेका बेला जागिर गर्न अनुमति हुँदैन।
८ – स्वास्थ्य बिमा गरेको हुनुपर्छ।
९ – व्यवसाय सम्बन्धि कन्फरेन्स अथवा ट्रेड फेयरमा सहभागी हुन सकिन्छ। तर कार्यक्रममा भाग लिनका लागि कुनै संस्थाले तपाईंलाई पैसा दिएको हुनुहुँदैन।
१० – कुनै सामान बेचबिखन गर्न अनुमति हुँदैन।
११ – व्यवसायबारे बुझ्न तथा सोधपुछ गर्न सकिन्छ।
१२ – अष्ट्रेलियाका कुनै व्यावसायिक संस्थाका लागि काम गर्न अनुमति हुँदैन।

Source : https://immi.homeaffairs.gov.au/

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.