अष्ट्रेलियामा किन्डरगार्टेन शिक्षकको जागिर र तलब

0
298

विशेषगरी चार देखि छ वर्षको बच्चालाई सुरक्षित वातावरण सहितको शान्त कक्षा कोठामा शुरुवाती औपचारिक शिक्षा दिने व्यक्तिलाई किन्डरगार्टेन टिचर भनिन्छ। किन्डरगार्टेन टिचरको मुख्य उद्धेश्य बच्चाको उच्च स्तरिय शिक्षाको जग बसाल्ने काम हो। यसका लागि हरेक बच्चाको मनोभावना बुझेर काम गर्नुपर्ने हुन्छ।

किन्डरगार्टेन टिचरको काम तथा जिम्मेवारी :
१ – बच्चाहरुलाई औपचारिक शिक्षा लिनका लागि विभिन्न मनोरन्जनात्मक क्रियाकलापमा संलग्न गराई प्रोत्साहन गर्नु।
२ – औपचारिक शिक्षाका साथै सामाजिक अन्तर्क्रिया तथा व्यक्तिगत जिम्मेवारीका बारेमा पनि अवगत गराउनु।
३ – अक्षर र नम्बरहरु सिकाउँदा प्रत्येक बच्चाको मानसिक तथा शारीरिक स्थिति बुझेर सिकाउने।

अष्ट्रेलियामा किन्डरगार्टेन टिचरको काम गर्नको लागि अर्ली चाइल्डहुड एजुकेसन अथवा सम्बन्धित विषयमा ब्याचलर डिग्रीको कोर्स गरेको हुनुपर्छ।

अष्ट्रेलियामा किन्डरगार्टेन टिचरको तलब :

पेस्केलका अनुसार, अष्ट्रेलियामा किन्डरगार्टेन टिचरको प्रति घण्टा औसत तलब ३०.३८ अष्ट्रेलियन डलर रहेको छ। किन्डरगार्टेनबारे आधारभूत कुराहरु थाहा भएको र सम्बन्धित कामको एक वर्ष भन्दा कम समयको अनुभव भएको व्यक्तिले अष्ट्रेलियामा प्रति घण्टा औसत तलब २८.०२ अष्ट्रेलियन डलर पाउँछ।

एक देखि चार वर्षको अनुभव भएको किन्डरगार्टेन टिचरले प्रति घण्टा औसत तलब २९.७८ अष्ट्रेलियन डलर पाउँछ भने पाँच देखि नौ वर्षको अनुभव भएको किन्डरगार्टेन टिचरले प्रति घण्टा औसत तलब ३१.५९ अष्ट्रेलियन डलर पाउँछ। त्यस्तै दश देखि उन्नाइस वर्षको अनुभव भएको किन्डरगार्टेन टिचरले प्रति घण्टा औसत तलब ३३.१४ अष्ट्रेलियन डलर पाउँछ भने बीस वर्ष भन्दा माथिको अनुभव भएको किन्डरगार्टेन टिचरले प्रति घण्टा औसत तलब ३४ अष्ट्रेलियन डलर सम्म पाउन सक्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.