अष्ट्रेलियाको भिक्टोरियामा थप ६ जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि

0
54

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ११ हजार ८ सय ६ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो।

भिक्टोरियामा समुदाय स्तरमा भने नयाँ संक्रमितको संख्या शुन्य कायम रहेको छ। थपिएका सबै नयाँ संक्रमित होटल क्वारेन्टिनमा बसिरहेका अन्तर्राष्ट्रिय यात्री हुन्।

त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या ३१ रहेको छ।