अष्ट्रेलियामा सम्बन्धविच्छेद गर्न चाहनेको संख्या लकडाउनले गर्दा सात गुणाले वृद्धि

0
162

मेलबर्न। अष्ट्रेलियामा सम्बन्धविच्छेद गर्न चाहनेको संख्या लकडाउनले गर्दा सात गुणाले वृद्धि भएको छ। डाइभोर्स इन्फर्मेसन नेटवर्क ‘द सेपेरेसन गाइड’ले उक्त तथांक सार्वजनिक गरेको हो।

द सेपरेसन गाइडमा सम्बन्ध विच्छेद सम्बन्धि जानकारी खोजी गर्नेको संख्या जनवरी २०२० मा भन्दा अक्टोबर २०२० मा ५८२ प्रतिशतले वृद्धि भएको छ। यो बीचको समय कोरोना महामारीका कारण शुरु भएको लकडाउनको अवधि हो।

सम्बन्ध विच्छेद खोजी गर्ने मध्ये २० प्रतिशत भिक्टोरियावासी थिए। डिसेम्बर सम्म आइपुग्दा सम्बन्ध विच्छेद बारे खोजी गर्ने भिक्टोरियावासीको संख्या बढेर ३० प्रतिशत पुगेको बताइएको छ। लकडाउनमा जागिर छुट्ने, काम ठप्प हुने र दिनरात संगै बसेर तनाव झेल्नु पर्दा सम्बन्धमा समस्या देखिएको अनुमान गरिएको छ।

द सेपरेसन गाइडका अनुसार, कोरोना महामारीको समयमा छुट्टिएका अधिकांश जोडीले भने सम्बन्ध विच्छेद नगरी संगै बस्ने निर्णय गरेको पाइएको छ। त्यस्ता जोडीले महामारीको समय सम्बन्ध विच्छेदको लागि उचित नभएका कारण त्यसो गरेको हुन सक्ने द सेपरेसन गाइडले जनाएको छ।