अष्ट्रेलियाका अधिकांश ठाउँको तापक्रम आगामी तीन दिनसम्म ४० डिग्री भन्दा माथी पुग्ने

0
113

मेलबर्न। अष्ट्रेलियाका अधिकांश ठाउँको तापक्रम आगामी तीन दिनसम्म ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान गरिएको छ। मौसम विभागले विशेषगरी साउथ अष्ट्रेलिया, भिक्टोरिया र न्यु साउथ वेल्स राज्यको तापक्रम वृद्धि हुने जनाएको हो।

मौसम विभागका अनुसार, आगामी तीन दिनसम्म यी क्षेत्रको तापक्रम न्युनतम ४० डिग्री रहनेछ। एडलेडको उत्तरी क्षेत्रमा पर्ने Port Augusta को तापक्रम ४५ डिग्री पुग्ने अनुमान गरिएको छ।

मौसम विभागले तापक्रम रेकर्ड तोड्नेगरी वृद्धि नभएतापनि दिउँसो र राती समेत गर्मी अत्यधिक हुने जनाएको छ।