अमेरिकाका दिग्गज टक शो होस्ट ल्यारी किङ्गको निधन

0
530
NEW YORK, NY - NOVEMBER 20: Larry King attends the 45th International Emmy Awards at New York Hilton on November 20, 2017 in New York City. (Photo by Dia Dipasupil/Getty Images)

अमेरिकाका दिग्गज टक शो होस्ट ल्यारी किङ्गको निधन भएको छ ।  ८७ वर्षीय उनको स्वास्थ्यमा विभिन्न समस्या देखिए । उनको हृदयघात पनि भइसकेको थियो ।

ल्यारी किङ्गले आफ्नो ६ दशकको करियरका बेला २५ वर्षसम्म सीएनएनमा आफ्नो कार्यक्रम चलाएका थिए र यतिबेला उनले फिल्म, राजनीति र खेल जगतका चर्चित हस्तीसँग अन्तरवार्ता गरेका थिए । 

उनले आफ्नो करियरमा करिब ५० हजार अन्तर्वार्ता लिएको बीबीसीले जानकारी दिएको छ । 

किङ्गका सातजना महिलासँग आठ पटक विवाह भयो । उनका पाँच सन्तान थिए जसमध्ये दुईजनाको अघिल्लो वर्ष एक हप्ताको अन्तरालमा निधन भयो । छोरी चाइयाको फोक्साको क्यान्सरका कारण निधन भएको थियो भने छोरा एन्डीले हृदयघातका कारण ज्यान गुमाएका थिए । 

किङ्गले गेराल्ड फोर्डदेखि बराक ओबामासम्म अमेरिकाका प्रत्येक राष्ट्रपतिको अन्तर्वार्ता  लिएका थिए । यसका साथै उनले विश्वका थुप्रै चर्चित नेतासँग पनि अन्तर्वार्ता लिए । उनका अन्य हाई प्रोफाइल पाहुनामा डा. मार्टिन लुथर किङ्ग, दलाई लामा, नेल्सन मन्डेला र लेडी गागा पनि समावेश छन् ।