देश र भावि पुस्ताको लागि युवा जमात बदलिने र नेतृत्व लिने समय आयो-जनक सापकोटा

0
223

यति बेला देश गम्भीर मोडको पुगेको छ।राजनीतिक खिचातानी,आन्तरिक द्वन्द्व र विवादको चपेटामा आम सर्वसाधारण परेका छन भने देशमा नयाँ नेतृत्व आवश्यकता परेको आभाष हुन थालेको छ।राजनीतिक असस्कार र असभ्यताको हालिमुहालि रहेको हाम्रो देशमा पुरानो पुस्ताले देशलाई निकास देला भनी आश गर्नु फल झर्ला मुखमा पर्ला अनि भोको पेट भरौला भन्नू सरह हो।

नेपालमा प्रजातान्त्रिक र बहुदलीय राजनीतिको इतिहास खासै लामो त छैन त्यै पनि जति समय यसको प्रयोग र अभ्यास भयो ,सो समयमा देशमा धेरै उतावचढाव भइरहेको छ भने उपयुुक्त लक्ष्य हासिल गरि देशले निकास पाउन सकेको अवस्थामा छैन ।युवा वर्गमा रहेको विश्लेषणात्मक क्षमता र लिडर सिपलाई राजनीतिक दलले अवैज्ञानिक ,अमर्यादित र अनैतिक क्रियाकलापमा प्रयोग गरे भने युवा जमात स्वयं प्रयोग गरिए।वैचारिक बहस भन्दा हिसांत्मक र हतियारयुक्त द्वन्द्व ,आन्दोलन र जुलुसमा युवा वर्गको आकर्षक बढ्दो छ भने अर्कोतिर अनावश्यक लोभ लालच र बाध्यताले त्यस्ता क्रियाकलापमा सलंग्न हुन बाध्य बनाएको छ।यसबाट जोगिन युवा आफू पनि सचेत रहि समाजलाई पनि सचेत बनाउन जरुरि छ।युवा जमात जता हुल हल्लत,पैसा र अन्य प्रलोभन छ ,त्यसमा सजिलै फस्ने हुनाले पनि त्यसको फाइदा राजनीतिक दलले लिई आफ्नो स्वार्थमा युवाको गज्जबसगँ प्रयोग गर्न पाएका छन।
अझ समाजका जान्नेसुन्ने र बुद्धिजिवि हुँ भनेर घमण्ड गर्ने घामडहरुले युवालाई स्वतन्त्र भएर हिड्न दिएका छैनन।फलानो पार्टी मा लाग,फलानो मान्छे चाहिने मान्छे हो,फलानो आफ्नै मान्छे हो,त्यो पार्टीले मासु,रक्सि ,वियर खुवाउछ हो त्यहि पार्टी मा लाग्नुपर्छ भनी युवालाई भड्काउने खालका गतिविधि दिनदिनै हुने हुनाले युवालाई स्वतन्त्र भएर सोच्ने वातावरण सम्म नमिलेको परिप्रेक्ष्यमा यो गञ्जागोल र सबै स्वार्थ भन्दा माथि उठि देशको बारेमा युवाले गम्भीर भएर सोच्ने समय आएको छ।

पुराना राजनीतिक दल हुन या भर्खरै उदाउँदै गरेका राजनीतिक पार्टी वा सस्था हुन ,युवाको आकर्षण दिनप्रतिदिन बढ्दै त छ तर त्यहा स्वार्थ को ठूलो सञ्जाल विछ्याइएको छ,जुन सञ्जाललाई टुटाई बाहिर निस्कन युवा जमातले साहस गर्नुपर्छ।युवा कुशल,सक्षम भएपनि यिनलाई कमान्डर गर्ने कुशल नेतृत्वको अभाव खड्केको महशुश हुन थालेको छ।आफ्नो भविष्य र भावि सन्ततिको बारेमा चिन्तन गर्नुको सट्टा २/४ वटा लोभलालच र गुलिया आश्वासनमा अल्झेर भावि पुस्तालाई समेत नकारात्मक असर गर्ने गरि राजनीतिमा लाग्नु दु:खद हो।अझ फलानो पार्टिको विरोध गरिस या समर्थन गरिस भनेर अर्कोलाई नानाथरी भन्न भ्याउने पनि युवा जमात नै हो।यस्तो प्रवृत्ति सुधार गर्न जरुरि छ बरु देशको लागि आन्तरिक बहसमा जुट्न जरुरि छ।

हजुरबुबाहरुले सम्हालेको पार्टी र देशबाट युवा वर्गको आवश्यकता ,समस्या समाधान होलान भनेर आश गर्नु भनेको `आकाशको फल आँखा तरि मर ´ भने जस्तै हो।थाकेका ,गलेका र निराश अवस्थामा पुगेका हजुरबुबा र बाहरुको समुहलाई अब आराम दिनुपर्छ,यो युवा पुस्ताको जिम्मेवारि र कर्तव्य हो,युवा पुस्ताले घर नसम्हाले कसले समहाल्ने?अशक्त हुनु भएका बा,हजुरबुवा हरुलाई आराम गर्न नदिई यसरी नै काममा लगाई दुःख दियौ भने यसको पापको भारि पुस्तौपुस्ताले बोक्न तयार हुनुपर्छ।र पुरानो पुस्ताले पनि युवाको हातमा सत्ता सुम्पिन तयार हुनुपर्छ।यसबारे युवा जमातले साच्चै नै ठण्डा भएर सोच्ने समय आएको छ।

मैले राजनीतिक आस्था नै राख्नु हदैन भनेर भन्न पटक्कै भन्न खोज्या होइन तर जुन कुरामा पनि आँखा चिम्लेर तालि पिट्ने र खराब कुरा लाई पनि सहि हो भनी हिड्ने प्रवृत्ति चाहिँ सुधार हुन जरुरि छ।कमसेकम खराब हुदाँ यहाँ खराब भयो सहि गर भनेर सचेत गराउने र प्रश्न गर्ने साहस चाहिँ गर्नुपर्छ।यसको लागि युवाले कुनै पार्टी र व्यक्ति नहेरि पछि नलागि (तटस्थ) एक जिम्मेवारी नागरिक भएर सोच्नुपर्छ।नेपाली काङ्ग्रेस ,नेपाल कम्नियुषणट पार्टी लगायत अन्य राजनीतिक दलको नुन खाएर ,गुनगान गाउँदै पार्टीको खेतला बनेर ,मासु,भात र वियर सगँ आफ्नो अस्तित्व लाई बाजि राख्दै कठपुतली भएर तलुवा चाट्दै ,हो मा हो जनाउँदै खराब व्यक्तिलाई सत्ता सुम्पने साहस चाहिँ गर्न जरुरि नै छैन ।अब पनि उनैलाई भोट दिएर चुनाव जिताई देश बनाउछु भन्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह हो। युवा जमातले यो प्रवृत्ति सुधार गर्न जरुरि छ।

अब प्रश्न उठ्न सक्छ यी राजनीतिक दलालाई र व्यक्तिलाई विश्वास नगरे कसलाई गर्ने ??म उहाँहरूलाई प्रश्न गर्न चाहान्छु कि के यो ३ करोडमा एउटा क्षमता र भिजन भएको कोहि छैन होला र??जरुर त तर अवसर र हामी जस्ता युवाको साथ सपोर्ट को आवश्यकता छ।अब हाम्रो पुस्ता र भावि सन्ततिको लागि गम्भीर भएर सोचौ🤔देश बनाउने कि बिगार्ने ?देशको भविष्य को रेखा कोर्ने जिम्मेवारी युवा वर्गको हो,कस्तो रेखा कोर्ने तपाईं हाम्रो हातमा छ।