अष्ट्रेलियामा कारको ऐनामा मास्क झुन्ड्याउनेलाई ३५० डलर जरिवाना

0
184

मेलबर्न। अष्ट्रेलियामा कोरोना नियन्त्रणका लागि केही राज्यहरुमा फेस मास्क नलगाउनेहरुका लागि जरिवाना तिर्नुपर्ने हुन्छ। तर गाडी चलाउनेहरुका लागि मास्कका कारण अर्को जरिवाना पनि भर्नुपर्ने हुनसक्छ।

न्यु साउथ वेल्स राज्यमा गाडीको ऐनामा मास्क झुण्ड्याउदा ३ सय ४९ डलर जरिवाना तिर्नुपर्छ। यसका साथै जरिवाना स्वरुप ३ डिमेरिट पोइन्ट पनि दिइन्छ।

त्यस्तै, क्विन्सल्याण्ड राज्यमा ३ सय ११ डलर जरिवाना र भिक्टोरिया राज्यमा २४८ डलर जरिवाना तिर्नुपर्ने हुन्छ।

अष्ट्रेलियामा गाडी चलाउँदा ऐनामा कुनै पनि वस्तु राख्न पाइदैन। त्यस्तै अगाडीको सिसामा या ऐनामा वस्तु राख्दा ड्राइभरले प्रस्टसंग आफ्नो बाटो नदेख्ने कारण दुर्घटना हुने सम्भावना हुने हुँदा यो जरिवानाको नियम रहेको हो। Source : 7News

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.