केपी ओलीले प्रचण्ड र मलाई भर्‍याङ मात्रै बनाउनुभयो: माधव नेपाल

0
80

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएका छन्। मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए ।

‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने । यस्तै प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने पनि उनले बताए। यद्यपी आफूहरूले प्रतिनिधि सभा विघटन भइसकेको नमान्ने उनको जिकीर थियो।

‘उहाँ कि कामचलाउ प्रधानमन्त्री हुनुपर्‍यो कि प्रधानमन्त्री छोड्नुपर्‍यो,’ उनले भने। प्रचण्ड र आफूलाई ओलीले भर्‍याङ मात्रै बनाएको नेपालको भनाइ छ।‘ उहाँले प्रचण्ड र मलाई भर्‍याङ मात्रै बनाउनुभयो। कस्तो व्यक्तिलाई मैले प्रधानमन्त्री प्रस्ताव गरेछु,’ उनले भने। उनले ओलीको व्यक्तिवादविरूद्ध आफूहरूको लडाइँ रहेको बताए।

उनले अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको भन्दै तिनीहरुले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल्कराहरुले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’, अध्यक्ष नेपालको भनाई छ ।