अष्ट्रेलियाको प्रसपेक्टिभ म्यारिज भिसा भनेको कस्तो भिसा हो ?

0
683

यदि कोहि व्यक्तिले अष्ट्रेलियाको नागरिक अथवा पीआर होल्डरसंग इङ्गेजमेन्ट गरेको छ भने उसले अष्ट्रेलियाको प्रसपेक्टिभ म्यारिज भिसा (सबक्लास १३०) अन्तर्गत अष्ट्रेलिया प्रवेश गर्न र विवाह गर्न सक्छ। यसलाई फिओंसे भिसा पनि भनिन्छ। यो भिसा प्राप्त गरेको व्यक्तिलाई अष्ट्रेलियामा फुल टाइम काम गर्ने अनुमति हुन्छ।

अष्ट्रेलियाको मात्र नभई न्युजिल्याण्डको योग्य नागरिकसँग इङ्गेजमेन्ट भएको व्यक्तिले पनि अष्ट्रेलियाको प्रसपेक्टिभ म्यारिज भिसा (सबक्लास १३) का लागि आवेदन दिन सक्छ। यो भिसाको म्याद ९ महिनामात्र रहन्छ। अर्थात् यदि तपाईं यस प्रकारको भिसामा अष्ट्रेलिया प्रवेश गर्नुभयो भने, अष्ट्रेलिया प्रवेश गरेको दिनदेखि नौ महिना भित्र विवाह गर्नुपर्छ।

प्रसपेक्टिभ म्यारिज भिसा अष्ट्रेलियाको नन इमिग्रेन्ट टेम्पोररी भिसा हो। अष्ट्रेलियाको पीआर भिसा प्राप्त गर्नका लागि अष्ट्रेलियाको नागरिक, पीआर होल्डर अथवा न्युजिल्याण्डको योग्य नागरिकसँग विवाह गर्नुपर्छ। यसका लागि अष्ट्रेलिया प्रवेश पछि विवाह गरेर पार्टनर भिसाका लागि आवेदन दिन सकिन्छ।

प्रसपेक्टिभ म्यारिज भिसा अष्ट्रेलियाको नागरिक, पीआर भिसा होल्डर अथवा न्युजिल्याण्डको योग्य नागरिकद्वारा स्पोनसर्ड हुनुपर्छ। स्पोन्सर गर्ने व्यक्ति प्रसपेक्टिभ म्यारिज भिसा आवेदकको सम्पूर्ण कुराका लागि मुख्यतया: आर्थिक स्थतिका लागि साथै कोहि डिपेनडेन्ट पारिवारिक सदस्य भए उसका लागि पनि जिम्मेवार हुन्छ ।

अष्ट्रेलियामा त्यहाँको नियम र कानून अनुसार विवाह गरिसकेपछि फिओंसे भिसा अर्थात प्रसपेक्टिभ म्यारिज भिसाको म्याद सकिनु पूर्व’पार्टनर भिसा’ का लागि आवेदन दिनुपर्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.