अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए २ जना नयाँ संक्रमित

0
74

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसका दुई जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १० हजार ६ सय २१ जनामा कोरोना परिक्षण गरिएको थियो।

जसमध्ये दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।