अष्ट्रेलियाको भिक्टोरियामा थप ४ जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि

0
65

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १५ हजार ५ सय ७४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ४ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो । समुदाय स्तरमा भने संक्रमण शुन्य कायम रहेको छ।

त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या ३४ रहेको छ।