अष्ट्रेलियाको अन्तर्राष्ट्रिय उडान कहिले सुचारु हुन सक्छ ? यस्तो भन्छन् स्वास्थ्य अधिकारी

0
826

मेलबर्न। कोरोना महामारीका कारण बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ भन्नेमा अहिले सबैतिर अन्योलता छाइरहेको छ।

यसैबीच स्वास्थ्य विभागका सचिव ब्रेण्डन मर्फीले स्थानीय संचार माध्यम एबीसीसंगको कुराकानीमा यसबारे बोलेका छन्। उनले भ्याक्सिनका कारण उडान खुल्ला हुने सबैले अपेक्षा गरेको तर भ्याक्सिनले कति काम गर्नेछ, कस्तो प्रतिक्रिया आउनेछ भन्ने अझै यकिन नभएको बताएका छन्।

मर्फीले भ्याक्सिनले संक्रमण रोक्छ कि रोक्दैन भन्ने कुरामा अझै अन्योल रहेको हुनाले २०२१ मा अन्तर्राष्ट्रिय उडान पहिले जसरी सुचारु नहुने उल्लेख गरेका छन्।

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय उडान पहिले जसरी सुचारु गर्न ढिलाई हुनेभएतापनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भने प्राथमिकतामा राख्ने र जुलाई पछि विद्यार्थीहरुलाई ल्याउन शुरु गर्ने सम्भावना रहेको बताउंदै आएको छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.