

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन्।
सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ८ हजार ७ सय ७३ जनामा कोरोना परिक्षण गरिएको थियो।
जसमध्ये समुदाय स्तरमा कसैमा पनि संक्रमण देखिएन। अन्तर्राष्ट्रिय यात्रीमा भने ८ जनामा संक्रमण पुष्टि भएको छ।