अष्ट्रेलियामा एज्ड केयर वर्करको लागि आवश्यक योग्यता, गर्नुपर्ने काम र तलब

0
230

वृद्धवृद्धालाई जीवनयापनका दैनिकी काममा सहायता गर्नु एज्ड केयर वर्करको मुख्य काम हो। वृद्धवृद्धाहरुको उमेर र स्वास्थ्य अनुसार केयर वर्करको काम पनि भिन्न-भिन्न हुनसक्छ। कसैकसैलाई भावनात्मक साथीको मात्रै खाँचो रहेको हुनसक्छ। त्यस्ता व्यक्तिहरुसंग केयर वर्करले भावनात्मक रुपले सहयोग गर्नुपर्छ।

केयर वर्करको काम एज्ड केयर होम अथवा क्लाइन्टको घरमै पनि हुनसक्छ। जागिरको समय पनि क्लाइन्टको आवश्यकता अनुसार फरक हुनसक्छ।

कोहि बेला क्लाइन्टको स्वास्थ्य कमजोर, हिँडडुल गर्न नसक्ने अवस्थामा उनीहरुलाई उठाउने ,बसाल्ने , डुलाउने काम पनि गर्नुपर्छ। उमेर पाकेको व्यक्ति रिसाउने ,कुरो प्रस्ट नबुझ्ने , बोल्न नसक्ने छ भने केयर वर्करले धर्यता तथा संयमता पूर्वक काम गर्नुपर्ने हुन्छ। उनीहरुमा केहि समस्या देखिएमा उनीहरुको घरपरिवार तथा मेडिकल वर्करलाई छिटो भन्दा छिटो सम्पर्क गर्नुपर्छ।

एज्ड केयर वर्करका लागि चाहिने योग्यता :

एज्ड केयर वर्करको योग्यता क्लाइन्टको आवश्यकता अनुसार फरक रहेको छ। कति ठाउँमा केयर वर्करका लागि हाई स्कुल डिप्लोमाको सर्टिफिकेट अथवा सो सरहको सर्टिफिकेट भए पुग्छ भने कतिपय ठाउँमा केयर वर्करका लागि नर्सिङ्ग विषयमा डिग्री अथवा ब्याचलर गरेको व्यक्तिको माग हुन्छ। त्यस्तै काम सम्बन्धि अनुभव भएको व्यक्तिलाई पनि प्राथमिकता दिईन्छ।

अष्ट्रेलियामा एज्ड केयर वर्करको तलब

पेस्केलका अनुसार, अष्ट्रेलियामा एज्ड केयर वर्करको औसत तलब प्रति घण्टा २२.८२ अष्ट्रेलियन डलर रहेको छ।

एज्ड केयर वर्कर सम्बन्धि कामको एक वर्ष भन्दा कम कामको अनुभव भएको व्यक्तिले टिप्स, बोनस ,ओभरटाइम सबै गरेर प्रति घण्टा औसत २१.७८ अष्ट्रेलियन डलर पाउँछ। त्यस्तै एक देखि चार वर्षको काम सम्बन्धि अनुभव हुनेले २२.६३ पाउँछ भने पाँच देखि नौ वर्षको अनुभव हुनेले २३.५६ पाउँछ। सम्बन्धित काममा दश देखि उन्नाइस वर्षको अनुभव भएको व्यक्तिले प्रति घन्टा औसत २४.३३ पाउँछ। यो तलब औसतमा हो। काम गर्ने व्यक्तिको दक्षता तथा संस्थाको नियम अनुसार तलब घटीबढी हुनसक्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.