अष्ट्रेलियाको भिक्टोरियामा थप ७ जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि

0
112

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ७ जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहानको अपडेट अनुसार, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ११ हजार २३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ७ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। भिक्टोरियामा समुदाय स्तरमा संक्रमण भने आज पनि शुन्य कायम रहेको छ।

त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या ३० रहेको छ।