दुब्ली देखिने गरि साडी लगाउने सजिलो तरिका

0
914

काठमाडौं । नेपाली महिलाहरुको लागि साडी परम्परागत साथै औपचारिक पहिरन मानिन्छ । कुनै विशेष कार्यक्रम, पार्टी, समारोह वा चाडपर्वको लागि महिलाहरुले आफ्नो पहिरनको रुपमा प्राय : साडी नै रोज्ने गर्छन् ।

नेपाली महिलाहरु साउन महिनामा विशेषगरी व्रत बस्ने, साडी र चुरामा सजिने गर्छन् । नेपाली हिन्दु महिलाहरुको पर्व तीज पनि नजिकिंदै छ । तीजमा महिलाहरुको पहिरन रोजाइको प्राथमिकतामा साडी नै पर्ने गर्छ । साडीले महिलालाई राम्रो देखाउंछ । तर पेट ठूलो भएका महिलाहरुलाई भने साडी लगाउँदा तनाव पनि हुने गर्छ । तर, साडी लगाउँदा प्रयोग गर्ने तरिकामा महिलाको मोटोपन देखिने वा नदेखिने भर पर्छ।

मोटो शरीर भएका वा पेट ठूलो भएका महिलाले लेगिङ्ग्स लगाएर साडी लगाउन सक्छन् । लेगिङ्ग्स लगाउँदा माथीबाट नै लगाउनुपर्छ र यसले पेट पातलो देखाउंछ । तर, लेगिङ्ग्समा साडी नअडिन पनि सक्छ । त्यसैले पहिले लेगिङ्ग्स लगाएर त्यसपछि इजर बानेर साडी लगाउन सकिन्छ।

साडी डार्क कलरको भएमा र साडीसंग लगाउने ब्लाउज म्याचिङ्ग भएमा दुब्ली देखिनको लागि अझ मद्दत पुग्छ।