आजको राशिफल: २०७७ माघ २ गते (२०२१ जनवरी १५) शुक्रबार

0
52

आजको राशिफल: २०७७ माघ २ गते (२०२१ जनवरी १५) शुक्रबार

मेष 

मनमा चंचलता बढ्नेछ । निर्णय लिंदा अरुको सल्लाह लिनु फ़ाइदाजनक हुनेछ । कार्य सफल हुनेछ । सकारात्मक विचार उत्पन्न हुनेछन्। पेट सम्बन्धि स्वास्थ्य समस्या देखिन सक्नेछ । रिसलाई नियन्त्रण गर्नुपर्नेछ ।

वृष

सुख प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । परिवारका सदस्यबाट साथ प्राप्त हुनेछ । आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित गर्न सकिनेछ ।

मिथुन 

काममा अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्नेछ । दुर्घटनाको सम्भावना रहनेछ । मनमा अशान्ती छाउनेछ । मनमा नकारात्मक विचार उत्पन्न हुनेछन् । तनाव बढ्नेछ ।

कर्कट 

नयाँ काम सुरु गर्नको लागि प्रेरित भइनेछ । मानिसहरुसंग भेटघाट तथा विचार आदानप्रदान बढ्नेछ । विशिष्ट व्यक्ति तथा सहकर्मीहरुबाट सहयोग मिल्नेछ । व्यवसायमा लाभ मिल्नेछ ।

सिंह 

शरीरमा कमजोरी अनुभव हुनेछ । नजिकका व्यक्तिले धोका दिन सक्नेछन् । पेट सम्बन्धि रोगले सताउनेछ । काममा अप्ठ्यारो परिस्थिति सिर्जना हुनेछ । शिक्षामा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा खटपट बढ्नेछ ।

कन्या 

नयाँ सम्बन्धहरु स्थापित हुनेछन् । सामाजिक कार्यमा हात बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । घरपरिवारबाट सहयोग मिल्नेछ । आत्मविश्वास बढ्नेछ ।

तुला 

खर्चमा वृद्धि हुनेछ । काममा समय बित्नेछ । गम्भीर चोट लाग्ने सम्भावना रहेको छ । आज निलो रंग लगाउनाले समय राम्रो बन्नेछ। 

वृश्चिक 

आज परिक्षा तथा मुद्दा मामिलामा निराशाजनक परिणाम आउनेछ। जीवनसाथीबाट साथ मिल्नेछ । घुमघामको समय रहेको छ । समाजमा मानसम्मान प्राप्त हुनेछ ।

धनु 

रिसमा नियन्त्रण गर्नुपर्ने समय रहेको छ । सम्पत्तिलाई लिएर वाविवाद उत्पन्न हुन सक्नेछ । आजको दिन यात्रा गर्नु राम्रो रहने छैन । खर्चमा वृद्धि हुन सक्नेछ । नोकरीमा निराशा बढ्नेछ ।

मकर 

रोकिएका काम बन्नेछन् । खर्च बढ्नेछ । अशुभ समाचार प्राप्त हुने सम्भावना छ । वादविवाद बढ्ने समय रहेको छ ।

कुम्भ 

आजको दिन मध्यम रहेको छ । अधुरा काम पूरा हुनेछन् । मेहनतको उचित फल मिल्नेछ। साथीहरुबाट सहयोग मिल्नेछ । शुभ कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।  

मीन 

आज नयाँ कामको सुरुवात हुनेछ । परिवारमा मनमुटाव बढ्नेछ । खर्च बढ्नेछ । कुनै महत्वपूर्ण योजना बन्नेछ ।