अष्ट्रेलियाको भिक्टोरियामा आज नयाँ संक्रमितको संख्या शुन्य

0
30

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज शुन्य रहेको छ।

बिहिबार बिहानको अपडेट अनुसार, भिक्टोरियामा पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा संक्रमण देखिएन।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमित पनि निको हुने क्रममा छन्। आज सक्रिय संक्रमितको संख्या २९ रहेको छ।