मेष
उच्च पदमा रहेका व्यक्तिहरुसंग राम्रो सम्बन्ध बन्नेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । नयाँ मित्रहरु बन्नेछन् । प्रतियोगिता तथा मुद्दा मामिलामा अनातिजा आफ्नो पक्षमा हुनेछ ।
वृष
आम्दानीको स्रोत फेला पर्नेछ । मन प्रसन्न रहनेछ । नोकरीमा प्रगति हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । दाम्पत्य जीवनमा भने केही मनमुटाव सिर्जना हुन सक्नेछ ।
मिथुन
रिसलाई नियन्त्रण गर्नुपर्ने समय छ । शत्रुले खुट्टा तान्ने प्रयास गरेतापनि सफल हुने छैनन् । साथीहरुको सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक जीवन सामान्य रहनेछ ।
कर्कट
आज भाग्यले साथ दिनेछ । रोकिएका काम सुचारु हुनेछन् । आत्मविश्वास बढ्नेछ । मन उत्साहित रहनेछ । काममा मिहिनेत अनुसारको सफलता मिल्नेछ ।
सिंह
व्यवसायमा प्रतिस्पर्धीका कारण बाधा उत्पन्न हुनेछ । खर्च बढ्नेछ । कडा मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ने समय छ । दाम्पत्य जीवनमा मतभेद उत्पन्न हुनेछ ।
कन्या
आफ्नै अल्छिपनका कारण अवसर गुम्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । जीवनसाथीको पूर्ण साथ र सहयोग रहनेछ । घरमा शुभ कार्यको चर्चा चल्नेछ ।
तुला
व्यवसायमा अनावश्यक तनाव उत्पन्न हुनेछ । मन चंचल रहनेछ । आर्थिक कारोबार आज नगर्नु उचित रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । परिवारको साथ मिल्नेछ ।
वृश्चिक
यात्राको योग रहेको छ । आत्मविश्वास बढ्नेछ । नयाँ रोजगारी प्राप्त हुनेछ । व्यवसायमा प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
धनु
वादविवाद या मुद्दा मामिलाबाट आज टाढा रहनु नै उचित हुनेछ । बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । स्वास्थ्यमा समस्या आउनेछ । नोकरीमा स्थान परिवर्तनको योग रहेको छ ।
मकर
नयाँ कामको सुरुवात हुनेछ । व्यवसायमा प्रगति हुनेछ । टाउको दुख्ने समस्याले सताउनेछ । सवारीसाधन चलाउँदा सतर्क रहनुपरे दिन रहेको छ ।
कुम्भ
आफ्नो बोली तथा व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । आफ्नै कारणले अवसरहरु गुम्नेछन् । नजिकको व्यक्तिसंग मनमुटाव हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।
मीन
बन्दै गरेको काम पनि बिग्रन सक्नेछ । परिवारका सदस्यको सहयोगले केही काम पूरा हुनेछन् । साथीहरु टाढिनेछन् । विद्यार्थीले सोंचे अनुसारको प्रदर्शन गर्न सक्ने छैनन् ।
Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.
