अनलाइन सुसाइड गेम च्यालेन्जका लागि १४ वर्षिया किशोरद्वाराआमाबुवाको हत्या पश्चात आत्महत्या

0
121

एजेन्सी। अनलाइन सुसाइड गेम च्यालेन्जका लागि १४ वर्षिया किशोरले आफ्ना आमा बुवाको हत्या पश्चात आत्महत्या गरेका छन्। उनले ब्लु व्हेल नामक सुसाइड गेमको च्यालेन्जका लागि हत्या र आत्महत्या गरेका हुन्।

टर्की, रिपब्लिक अफ नर्थन साइप्रसका उनले पहिले आमा बुवामाथि गोली चलाएका थिए। उनका १८ वर्षीय दाई पनि घरमै थिए। तर उनी भाग्न सफल भए। आमा बुवाको हत्यापछि किशोरले आफूमाथि पनि गोली चलाएका थिए।

स्थानिय मिडियाका अनुसार, दाई चाहिं बाहिर दौडिदै गए र छिमेकीहरु पनि आइपुगे। घरभित्र पस्दा आमाबुवा मृत अवस्थामा थिए भने किशोर गम्भीर घाइते थिए। उनलाई तत्कालै अस्पताल लगियो। तर ठूलो प्रयास गर्दा पनि ती किशोरलाई डाक्टरले बचाउन सकेनन्।

प्रहरीले भने घटना बारे विस्तृत अध्ययन भइरहेको जनाएको छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.