अष्ट्रेलियाको स्टुडेन्ट भिसाका फाइदाहरु

0
121

अष्ट्रेलिया आएर पढ्दा यहाँको जीवनशैलीसँग रमाउँदै आफ्नो योग्यता र सीप पनि बढाउन सकिन्छ।अष्ट्रेलियामा विश्व मान्यता प्राप्त विश्वविद्यालयहरु ,प्राक्टिकल भोकेसनल कलेजहरुका साथै अन्तराष्ट्रिय विद्यार्थीका लागि विभिन्न इङ्ग्लिश लेङ्गुएज स्कूलहरु रहेका छन्।

यदि तपाईं पनि अष्ट्रेलिया आएर यहाँ बसोबास गर्न चाहनुहुन्छ भने अष्ट्रेलियन स्टुडेन्ट भिसा तपाईंका लागि उपयुक्त हुन्छ।अंग्रेजी भाषा कक्षा, ,भोकेसनल कोर्स अथवा युनिभर्सिटीका ब्याचलर ,मास्टर्स तथा पीएचडी कोर्सको अध्ययनका लागि स्टुडेन्ट भिसाको आवेदन भर्न सकिन्छ। अष्ट्रेलियामा स्टुडेन्ट भिसाको आवेदनका लागि उमेरको हद तोकिएको छैन।

अष्ट्रेलियाको स्टुडेन्ट भिसाका फाइदाहरु :

अष्ट्रेलियामा स्टुडेन्ट भिसाको आवेदनका लागि उमेरको हद तोकिएको छैन।

अष्ट्रेलिया आएर यहाँ पढ्नका साथै जागिर पनि गर्न पाइन्छ।
अष्ट्रेलियाको छोटो तथा लामो समयको भिसा प्राप्त गर्न सकिन्छ।
अष्ट्रेलियन डिप्लोमा प्राप्त गर्न सकिन्छ।
पोस्ट – ग्राजुएट भिसा प्राप्त गर्न सकिन्छ।
पार्टनर अथवा परिवारको सदस्यलाई आफूसँग अष्ट्रेलिया लैजान अनुमति पाइन्छ।
पढाइ तथा कामको सन्तुलन मिलाएर अगाडी बढ्न सकेमा पीआरको लागि समेत बाटो बनाउन सकिन्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.