भारतीय न्युज टिभीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तरवार्ता नाटक हो: प्रचण्ड

0
242
File Photo

 काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् । 

आज काठमाडौंमा आयोजित आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले भारतीय सहयोगअनुसार नै प्रधानमन्त्रीले अहिले प्रतिनिधि सभा भंग गरेको हुन सक्नेतर्फ पनि संकेत गरेका छन्।

उनले भने, ‘उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’, प्रचण्डको भनाइ थियो ।

 उनले भने, ‘अनि अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्‍या? सारा जनताले देखे, बुझे। यसलाई के भन्नुहुन्छ केपीजी?’ उनले यसबारे प्रधानमन्त्रीसँग जवाफ पनि मागेका छन्।