सरकारविरूद्ध देशभर नेविसंघको दौड जुलुस र सिठ्ठी जुलुस

0
19

काठमाडौं । नेपाल विद्यार्थी संघले देशभर दौड जुलुश र सिठ्ठी जुलुस गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जुलुस निकाल्न सबै जिल्लाका अध्यक्षलाई केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले परिपत्र गरेका छन्।

माघ २ गते नेविसंघले ७७ जिल्लामा दौड जुलुस, माघ ७ गते सिठ्ठी जुलुस गर्ने नेविसंघले जनाएको छ।

माघ ३ मा काँग्रेसले सबै स्थानीय तहमा विरोध सभा राख्दैछ। माघ ८ गते काँग्रेसले देशभरका ६७४३ वडामा विरोध सभा राख्दैछ।

कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउन अध्यक्ष ढुंगानाले नेविसंघलाई निर्देशन दिएका छन्।