अष्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा दक्ष पेशाको नयाँ सुची सार्वजनिक

0
731

क्यानबेरा। अष्ट्रेलियन क्यापिटल टेरिटोरीले दक्ष पेशाको नयाँ सुची सार्वजनिक गरेको छ। अष्ट्रेलियन क्यापिटल टेरिटोरीले स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ला गर्दै यस प्रोग्रामको लागि ११ जनवरीमा दक्ष पेशाको सुची अपडेट गरेको हो।

अपडेट गरिएको सुचीमा ACT ले ४४ नयाँ पेशा थपेको र पहिले सुचीमा रहेका १५ पेशा हटाएको कंडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कंडेलले बताउनुभयो। यसका साथै हरेक महिनाको लागि सिमित नोमिनेसन कोटा रहेको छ। आवश्यक योग्यताको मापदण्डमा भने यसपाली कुनै परिवर्तन गरिएको छैन।

थपिएका पेशामा इन्भाएरोमेण्टल म्यानेजर, सेफ, डेनटिस्ट, कार्पेन्टर, स्टुडेन्ट काउन्सिलर, हेयर ड्रेसर, ट्रान्सलेटर, गार्डेनर, युथ वर्कर, फिजियो थेरापिस्ट, अडियोलोजिस्ट आदि रहेका छन् भने हटाइएका पेशामा एड्भटाइजिङ्ग स्पेसियलिस्ट, मार्केटिंग स्पेसियलिस्ट, कस्नट्रक्सन प्रोजेक्ट म्यानेजर आदि रहेका छन्। दक्ष पेशाको यो सुची हरेक ४ महिनामा अपडेट हुन्छ।

Source : canberrayourfuture.com.au/
Source : canberrayourfuture.com.au/

Source :canberrayourfuture.com.au/

Source : canberrayourfuture.com.au/

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.