माघे सङ्क्रान्ति विशेष परिकार : तिलको लड्डु बनाउने सजिलो तरिका

0
49

माघे सङ्क्रान्तिको दिनमा घिउचाकु, तिलको लड्डु र तरुल खाने चलन छ । लड्डु त अन्य दिनमा पनि खाने गरिन्छ तर तिलको लड्डु भने माघे संक्रान्तिमै खाइन्छ ।

तिल भगवान् विष्णुलाई विशेष मन पर्ने पौराणिक मान्यता छ । सप्ताह अर्थात् श्रीमद्भागवत पुराण लगाउँदा अन्तिम दिन ‘विष्णु सहर्षनाम’ वाचन गरेर तिल चढाउने प्रचलन छ । यस्तै सूर्य उपासना गर्दा पनि तिलको प्रयोग गर्ने गरिन्छ। र, जाडोमा तिल खाँदा शरीरको तापक्रम सन्तुलित हुन्छ । साथै यसले मुटु, दिमाग र हड्डीलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । तिलमा रहेको म्याग्नेसियम तत्त्वले मधुमेह (डाइबेटिज) रोगीलाई पनि फाइदा हुन्छ ।

तिलको लड्डु बनउने आवश्यक सामग्री : आवश्यकअनुसार तिल, त्यहि मात्रामा सखर र एक चम्चा तिल

पकाउने विधि : सबैभन्दा पहिला तातो भाँडामा तिल राखेर रातो हुँदासम्म भुट्ने र निकालेर अलगै राख्ने । त्यही तातो भाडामा १ चम्चा घिउ राखेर सखरलाई पकाउने र पगाल्ने । पाकेको सखरमा भुटेको तिल राखेर चलाउने र केही बेरमा मिक्स भएको गुड र तिललाई सानो सानो गोलो आकारमा डल्ला बनाएमा तिलको लड्डु तयार हुन्छ ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.