अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए ७ नयाँ संक्रमित

0
25

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका ७ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २० हजार ६ सय ६४ जनाको कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरका १ जना र ६ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, सक्रिय संक्रमित मध्ये १४ जनालाई संक्रमण कहाँबाट सर्यो भन्ने अझै पुष्टि हुन सकेको छैन। यसले गर्दा समुदाय स्तरमा संक्रमण फैलिने डर कायम रहेको छ।