अष्ट्रेलियाको भिक्टोरियामा थप ३ जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि

0
35

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार बिहानको अपडेट अनुसार, भिक्टोरियामा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये तीन जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ३५ पुगेको छ।

त्यस्तै, भिक्टोरियामा समुदाय स्तरमा संक्रमण नदेखिएको आज लगातार सातौं दिन हो।