अष्ट्रेलियामा रमाइलो गर्दा होस गुमाएपछिको परिणाम

0
6874

मेलबर्न। अष्ट्रेलियाको व्यस्त जीवनशैलीमा तनावलाई मात्र लिएर कसरी बाँच्न सक्नु ? विशेष दिनमा कहिलेकाहीं रमाइलो गर्न मन लाग्छ। तर त्यो रमाइलोमा हामीले आफ्नो सिमितता नाघ्यौं भने ?

अष्ट्रेलियामा विद्यार्थी जीवनको संघर्षसंगै आफ्नो कलाकारिता क्षेत्र प्रतिको रुचीलाई अगाडी बढाइरहेका संजय सेन्चुरीले यस्तै कथा दर्शकमाझ लिएर आएका छन्। कथा सर्ट फिल्मको रुपमा युट्युब मार्फत सार्वजनिक भएको छ।

उक्त CELEBRATE – Responsibly नामक सर्ट फिल्मको बारेमा संजय सेन्चुरी भन्छन् , ” हामी आफ्नो घर परिवार देखि टाढा आएर संघर्ष गरिरहेका छौं। एकतिर हामीलाई तनाव छ भने अर्को तिर स्वतन्त्रता छ। यसलाई सन्तुलन गर्न नसक्दा विभिन्न घटना घटिरहेका छन्। कैयौं युवाले ज्यान गुमाएका छन्। यो तनाव र स्वतन्त्रतालाई व्यवस्थापन गर्न, सन्तुलन गर्न हामी सबैले सिक्नुपर्छ भन्ने संदेश दिनको लागि यो सर्ट फिल्म निर्माण गरेका हौँ “।

सेलिब्रेट रेस्पोंसिब्लीमा सायद श्रेष्ठ, विदुर त्रिपाठी, कल्पना गैरे, नताशा थापा, निर्दोष चौहान र भरत मल्ल ठकुरीको अभिनय रहेको छ। ग्लोबल टच मुख्य प्रायोजक रहेको यो फिल्ममा मनिष श्रेष्ठ असिस्टेन्टको रुपमा रहेका छन्।

फिल्मको कथा लेखन, निर्देशन, छायांकन तथा सम्पादन संजय सेन्चुरीले गरेका हुन्। फिल्मलाई बाबा फिल्म्स प्रोडक्सनले बजारमा ल्याएको हो।
फिल्म :

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.