पुरुषहरुको अनुहारको छाला सुन्दर बनाउनको लागि घरेलु टिप्स

0
612

काठमाडौं । महिलाहरुको तुलनामा पुरुषहरुले आफ्नो छालाको हेरचाह गरिरहेका हुँदैनन् । महिलाहरुको अनुहारको छाला भन्दा पुरुषहरुको अनुहारको छाला २५ प्रतिशत बाक्लो हुने हुनाले पुरुषको अनुहार छिटो चाउरी पर्दैन । त्यसैले पनि पुरुषहरुले आफ्नो अनुहारको छालामा त्यति ध्यान दिंदैनन् । तर महिलाहरुको भन्दा पुरुषको छाला सुख्खा हुन्छ । हर्मोनको गडबडी, दिनहुँ दाह्री बनाउने आदि  कारणले पनि पुरुषको छालामा असर परिरहेको हुन्छ । त्यसैले पुरुषहरुले पनि आफ्नो छालाको हेरचाह गर्नु आवश्यक हुन्छ ।

छालाको हेरचाहको लागि रातीको समय सबैभन्दा उत्तम मानिन्छ । राती आफ्नो छालामा लगाइएको कुराले राम्रोसंग काम गर्न पाउँछ । त्यसैले राती सुत्नु भन्दा अगाडी अनुहार धोएर पेस्ट लगाउनुपर्छ । उक्त पेस्ट घ्युकुमारी, नरिवलको तेल, कागतीको रस र गुलाबजल मिलाएर बनाउन सकिन्छ । पुरुषको छालाको लागि घ्युकुमारी सबैभन्दा राम्रो मानिन्छ । यसले डण्डीफोर, कालोपना, दाग हटाएर अनुहार सफा बनाउँछ । 

रातीको पेस्ट बनाउँदा घ्युकुमारीलाई एउटा कचौरामा राख्नुपर्छ । अब त्यसमा ५ देखि ६ चम्चा गुलाबजल, ३ देखि ४ चम्चा नरिवलको तेल , १ चम्चा कागतीको रस राखेर मिक्सरमा मिक्स गर्नुपर्छ । त्यसपछि त्यो सिरम जस्तो बन्छ । त्यसलाई एउटा सफा बट्टामा राख्न सकिन्छ । उक्त बट्टालाई फ्रिजमा राख्न सकिन्छ । त्यो सिरम राती सुत्नुभन्दा अगाडी अनुहारमा लगाएर छ मिनेटसम्म मसाज गर्नुपर्छ । त्यसपछि बिहान सफा पानीले अनुहार धुनुपर्छ । 

अनुहारलाई सफा बनाउनको लागि हप्ताको एक पटक स्क्रब गर्नुपर्छ । यो आफ्नो बिदाको दिनमा गर्न सकिन्छ । यसको लागि एक चम्चा  चामल लिएर त्यसलाई धुलो बनाउनुपर्छ । चामलको धुलो धेरै मसिनो बनाउनु हुँदैन । अब त्यसमा एक चम्चा मह, एक चम्चा नरिवलको तेल, आधा चम्चा कागती र एक चम्चा कफी मिलाउनुपर्छ । कफीले अनुहारमा प्राकृतिक चमक ल्याइदिञ्छ । यो पेस्टलाई अनुहारमा लगाएर दश पन्ध्र मिनेटसम्म मसाज गर्नुपर्छ र पांच मिनेट अनुहारमै रहन दिनुपर्छ । त्यसपछि सफा पानीले धुनुपर्छ । यसले गर्दा छाला भित्रको फोहोर बाहिर निस्किन्छ, मृत कोष बाहिर निस्किन्छ र अनुहार सफा तथा चमकदार हुन्छ ।

स्क्रब गरिसकेपछि आफ्नो अनुहारलाई अझ चमकदार र स्वस्थ बनाउन चाहेमा चारवटा बदाम एक चम्चा दुधको पेस्ट बनाएर अनुहारमा लगाउन सकिन्छ । यो पेस्ट अनुहारमा पन्ध्र मिनेटसम्म राखेर धुनुपर्छ । यसो गर्दा अनुहारमा कुनै पनि दागधब्बा रहँदैन, अनुहार चिल्लो हुन्छ र चाउरीपनाको सम्भावना पनि कम हुन्छ ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.