अष्ट्रेलियाको पासपोर्ट विश्वकै आठौँ शक्तिशाली पासपोर्ट

0
158

मेलबर्न। अष्ट्रेलियाको पासपोर्ट विश्वकै आठौँ शक्तिशाली पासपोर्ट बनेको छ। ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा अष्ट्रेलियाको पासपोर्ट नम्बर ८ मा परेको हो ।

२०२० को सुचीमा अष्ट्रेलियाको पासपोर्ट नवौं स्थानमा परेको थियो। तर यो वर्ष १ स्थान माथि उक्लिँदै आठौँ नम्बरमा आउन सफल भएको हो। यो सुचीमा अमेरिकाको पासपोर्ट सातौँ नम्बरमा परेको छ।

त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ भन्ने आधारमा पासपोर्ट कति शक्तिशाली भनेर सुचिकृत गरिन्छ। अष्ट्रेलियाको पासपोर्ट होल्डरका लागि गत वर्ष १ सय ८३ देशमा प्रवेश गर्नको लागि अग्रिम भिसा चाहिंदैनथ्यो भने यो वर्ष १ सय ८४ देशमा प्रवेश गर्नको लागि अग्रिम भिसा आवश्यक पर्नेछैन।

‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ। जापानका पासपोर्ट होल्डर विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन्। सिंगापुरले दोस्रो स्थान पाएको छ। सिंगापुरको पासपोर्ट धारकले १९० देशमा ‘भीसा अन एराइभल’ को सुविधा पाउँछन्। सूचीमा तेस्रो स्थान दक्षिण कोरिया र जर्मनीले संयुक्त रूपमा ओगटेका छन्। यी दुबै पासपोर्टलाई १८९ देश घुम्न अग्रिम भीसा चाहिँदैन।

नेपाल यस सूचीमा १०४ नम्बरमा पर्छ। नेपालीले ३८ देशमा भीसा नलिई जान सक्छन्। नेपालको दक्षिण छिमेकी भारत ८५ औं नम्बरमा रहेको छ। संसारका ५८ देशले भारतीयहरुलाई ‘भीसा अन एराइभल’ को सुविधा दिन्छन। चीन भने नेपाल र भारत भन्दा अगाडी रहेको छ। चीन यस सूचीमा ७० औं स्थानमा रहेको छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.