सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स स्थित Fernleigh Road, Glenfield Park मा आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै तीन किशोरीले प्रहरीमा उजुरी दिएका छन्।
ती किशोरीहरु १४ र १५ वर्ष उमेरका रहेका छन्। उनीहरुले आफूहरु फुटपाथमा हिंडिरहेको समयमा गाडीमा हिंडिरहेको एक व्यक्तिले बारम्बार गाडीमा बस्न बोलाएको र फ़्लाइङ्ग किस गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।
प्रहरीले कालो रंगको सेडान गाडी चलाउने उक्त व्यक्तिको खोजी गरिरहेको छ । प्रहरीले त्यो समयमा सेतो सर्ट लगाएको उक्त व्यक्ति भारतीय या एसियन मूलको देखिने जनाउंदै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।