अष्ट्रेलियाको डिपेनडेन्ट भिसा भनेको के हो ?

0
527

तपाईंको स्टुडेन्ट भिसामा तपाईंले आफ्नो पार्टनर अथवा परिवारको सदस्यलाई डिपेनडेन्ट बनाएर आफूसंगै डिपेनडेन्ट भिसामा अष्ट्रेलिया लैजान सक्नुहुन्छ। जसलाई यसरी वर्गीकरण गरिएको छ।

१ – तपाईंसँग कम्तिमा बाह्र महिना संगै बसेको तपाईंको पार्टनर
२ – तपाईं अथवा तपाईंको पार्टनरको अठार वर्ष नपुगेको छोरा छोरी

डिपेनडेन्ट भिसामा अष्ट्रेलिया जाने व्यक्तिको जागिर गर्ने अधिकार विद्यार्थीको पढाइको लेभलको आधारमा छुट्याइएको हुन्छ। ब्याचलर कोर्सको अध्ययनका लागि अष्ट्रेलियाको स्टुडेन्ट भिसामा आएको विद्यार्थीसँग डिपेनडेन्ट भिसामा अष्ट्रेलिया आएको व्यक्तिले दुई हप्ताको चालिस घण्टा जागिर गर्न अनुमति पाउँछ।

मास्टर्स डिग्री ,डक्टरेट डिग्री तथा रिसर्चका लागि अष्ट्रेलियाको स्टुडेन्ट भिसामा आएको विद्यार्थीसँग डिपेनडेन्ट भिसामा अष्ट्रेलिया आएको व्यक्तिले भने फुल टाइम काम गर्न पाउँछ ।

यदि तपाईंका छोराछोरी डिपेनडेन्ट भिसामा तपाईंसँग अष्ट्रेलिया आउँदै छन् भने तपाईंले उनीहरुको स्कूलको शुल्क तिर्नुपर्ने हुन्छ। स्कूलको शुल्क उनीहरुले पढ्ने कक्षा र तपाईं बसोबास गर्ने राज्य अनुसार फरक फरक हुनसक्छ। साधारणतया स्कूलको प्रति बच्चा वार्षिक शुल्क औसत ५,६०० अष्ट्रेलियन डलर देखि १८,६०० अष्ट्रेलियन डलर सम्म हुन्छ।

यदि तपाईंको बच्चा अठार वर्ष पुगेको र ए लेभलको पढाई पूरा गरेको छ भने उसले भिसाका लागि आफै आवेदन दिन सक्छ। किनकि अठार वर्ष पुगेको व्यक्तिले अध्ययनका लागि अष्ट्रेलियाको स्टुडेन्ट भिसाका लागि आवेदन दिन सक्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.