अष्ट्रेलियामा मिडवाइफको जागिर र तलब

0
70

गर्भवती महिला ,सुत्केरी आमा तथा नयाँ बच्चाको सुरक्षित तवरले स्याहार-सुसार गर्ने पेशा मिडवाइफ हो। कुशल मिडवाइफ बन्नका लागि स्वास्थ्य सम्बन्धि तालिमहरु लिएको हुनुपर्छ। मिडवाइफ सम्बन्धि दिईने तालिम एक देखि तीन वर्षको हुन्छ र ट्रेनिङ्ग प्राप्त व्यक्तिलाई ले -मिडवाइफ पनि भनिन्छ। अष्ट्रेलियाका केहि स्टेटहरुमा मिडवाइफले प्राक्टिस गर्नु पूर्व लाइसेन्स लिनुपर्छ। मिडवाइफले महिला सुत्केरी हुनु पूर्व देखि लिएर सुत्केरी भए पश्चात सम्म हेरचाह गर्नुपर्छ। साथै नयाँ जन्मेको बच्चाको पनि स्याहार गर्नुपर्छ।

मिडवाइफको काम तथा जिम्मेवारी :

१ – गर्भवती महिलाको हेरविचार गर्नु।
२ – सुत्केरी भएको छ हप्तासम्म आमा र बच्चाको सुरक्षित रुपले स्याहार सुसार गर्नु।
३ – गर्भवती महिलाको लेबर तथा डेलिभरीका बारेमा डाक्टरसंग छलफल गर्नु।
४ – स्त्रीरोग सम्बन्धी तथा परिवार नियोजन सम्बन्धि सेवा दिनु।

पेस्केलका अनुसार, अष्ट्रेलियामा मिडवाइफको  प्रति घण्टा औसत तलब ३६ अष्ट्रेलियन डलर रहेको छ। सम्बन्धित काममा एक वर्ष भन्दा कम कामको अनुभव भएको व्यक्तिले  प्रति घण्टा औसत ३१ अष्ट्रेलियन डलर पाउँछ। एक देखि चार वर्षको काम सम्बन्धि अनुभव हुनेले प्रति घण्टा औसत ३४ अष्ट्रेलियन डलर पाउँछ भने पाँच देखि नौ वर्षको अनुभव हुनेले  प्रति घण्टा औसत ३८अष्ट्रेलियन डलर पाउँछ।

त्यस्तै दश देखि उन्नाइस वर्षको अनुभव हुनेले प्रति घण्टा औसत ४३ अष्ट्रेलियन डलर पाउन सक्छ भने बीस वर्ष भन्दा बढी समयको अनुभव हुनेले प्रति घण्टा औसत ४४ अष्ट्रेलियन डलर पाउन सक्छ।

यो औसत तलब हो। काम गर्ने व्यक्तिको दक्षता र राज्य तथा हस्पिटलको नियम अनुसार तलब योभन्दा घटीबढी हुनसक्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.