भगवान श्री कृष्णबाट सिक्ने सकिने जिन्दगीको महत्त्वपूर्ण पाठ

0
61

काठमाडौं । भगवान श्रीकृष्णका अनेक रुप छन् । श्रीकृष्णले हरेक अप्ठ्यारो परिस्थितिमा समाधान दिएका छन् । श्रीकृष्णका अनुसार, आफूसंग जे छ, त्यसमा सन्तुष्ट भएर बाँच । भौतिक कुराहरुलाई मूल्यवान ठानेर आफूलाई अर्को व्यक्तिसंग तुलना गर्नु मूर्खता हो। भौतिक कुरा सबै क्षणिक हुन् । आफूसंग भएको कुरासंग खुशी भएर बाँच्न सिक्नुपर्छ ।

भगवान कृष्णका अनुसार अरुको बलमा बनाएको जिन्दगीले सन्तुष्टि दिंदैन । आफ्नो जिन्दगी आफ्नो तागतले बनाउने व्यक्ति सन्तुष्ट र खुशी रहन सक्छ । आफ्नो आत्माको कुरा सुन्नुपर्छ । आफ्नो भाग्य र कर्म दुवैमा विश्वास गर्ने मनुष्यले आफ्नो जिन्दगी आफै बनाउन सक्छ । भगवान कृष्ण भन्छन् ,’सधै असल कर्म गर’ । असल कर्मको फल तत्काल नदेखिएला, तर असल कर्मको फल कहिल्यै पनि खेर जाँदैन । यदि गलत कर्म गर्यौ भने तिमीले फल पनि त्यही अनुसार नै पाउँछौ ।

भगवान श्रीकृष्णका अनुसार, कर्ममा विश्वास गर । कर्ममा विश्वास गर्ने व्यक्ति आफ्नो लक्ष्यमा अडिग रहन्छ । उसले त्यसको लागि मेहनत गर्छ ।
जसले गर्दा उक्त व्यक्तिले आफूले चाहेको कुरा प्राप्त गर्न सक्छ । त्यस्तै, कुनै पनि कार्य सुरु गर्यौ भने त्यसलाई पूरा गरेर छोड । विजयी त्यो व्यक्ति बन्छ जसले आफूले गरेको कामलाई जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिन्छ ।

श्रीकृष्ण भन्छन्, ” भगवान व्यक्तिको मनमा हुन्छन् । मनमा शान्ती राख । भगवानमा सच्चा विश्वास र आफ्नो आस्थामा इमान्दार बन्न सक्यौ भने परमात्मा माथि पनि विजय हासिल गर्न सक्छौ ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.