ग्रनाडामाथि बार्सिलोनाको ४–० को सहज जित

0
22

बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्याउँदै ग्रानाडामाथि सहज जित हासिल गरेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्साले १० खेलाडीमा सिमित ग्रनाडामाथि ४–० को सहज जित हासिल गरेको हो ।

खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

४२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो । दुई गोलसँगै यो सिजन मेस्सीको व्यक्तिगत गोल संख्या ११ पुगेको छ । उनी ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

त्यसपछि खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए । ग्रानाडाका जिसुस भालेहोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो ।