अष्ट्रेलियामा एग्रिकल्चरल इञ्जिनियरिङ्ग सम्बन्धि काम, आवश्यक योग्यता र आम्दानी

0
103

एग्रिकल्चरल इन्जिनियरको काम कृषि सम्बन्धि उद्योग , सरकारी एजेन्सी तथा वातावरण सम्बन्धि काम गर्ने एजेन्सीहरुमा हुन्छ। कृषि उत्पादन तथा प्रशोधन प्रक्रियामा विज्ञान तथा आधुनिक टेक्नोलोजी प्रयोग गर्नु एग्रिकल्चरल इन्जिनियरको दायित्व रहन्छ। एग्रिकल्चरल इन्जिनियरको काम अफिस भित्रका साथै बाहिर फिल्डमा पनि हुनसक्छ। यस क्षेत्रमा काम गर्दा अष्ट्रेलिया सरकारको कानूनको मापदण्ड अनुसार सुरक्षित तवरले गर्नुपर्छ।

एग्रिकल्चरल इन्जिनियरको काम तथा जिम्मेवारी :
१ – प्रोजेक्ट सम्बन्धि चित्र , डिजाइन तथा प्रोटोटाइप तयार पार्नु।
२ – प्रोजेक्टको डिजाइन अनुसार त्यसमा प्रयोग हुने सबै सामानको लेखाजोखा गर्नु।
३ – प्रोजेक्टको डिपार्टमेन्ट अनुसार डिजाइन ,सामान, क्षेत्र आदि क्रमबद्ध रुपमा मिलाएर काम गर्नु।
४ – प्रोजेक्टको काम डिजाइन अनुसार भए भएको निरिक्षण गर्नु।
५ – प्रोजेक्टमा सुधार गर्न सकिने कुराहरु पहिचान गर्नु।
६ – प्रोजेक्ट अनुसार काम पूरा गर्न समस्या आइपरेमा समस्याको समाधान गर्नु ।

अष्ट्रेलियामा एग्रिकल्चरल इन्जिनियरको जागिरका लागि चाहिने योग्यता :

१ – एग्रिकल्चरल इञ्जिनियरिङ्ग अथवा बयोलोजिकल इञ्जिनियरिङ्गमा ब्याचलर डिग्री गरेको हुनुपर्छ।
२ – मौखिक तथा लिखित कम्युनिकेसन स्किल हुनपर्छ।
३ – सफ्टवेर प्रोडक्ट प्रयोग गर्न सक्नुपर्छ।
४ – समूहमा मिलेर काम गर्न सक्ने हुनुपर्छ।
५ – विज्ञान तथा आधुनिक टेक्नोलोजीको कृषि सम्बन्धि विषयमा प्रयोग बारे अप टु डेट रहनुपर्छ।
६ – कृषि सम्बन्धि विभिन्न वर्कशप तथा तालिममा सहभागी भएको हुनुपर्छ।

पेस्केलका अनुसार, अष्ट्रेलियामा एग्रिकल्चरल इन्जिनियर अन्तर्गत पच्चीस प्रतिशतको वार्षिक औसत तलब ५६,००० अष्ट्रेलियन डलर रहेको छ भने पचहत्तर प्रतिशतको वार्षिक औसत तलब ८४,००० अष्ट्रेलियन डलर रहेको छ। यो आँकडा अनुसार सामान्यतया वार्षिक औसत तलब ६८,००० अष्ट्रेलियन डलर रहेको छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.