मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार बिहानको अपडेट अनुसार, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय ४४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ३ जना समुदाय स्तरका व्यक्ति र १ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।
योसंगै भिक्टोरियामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ पुगेको छ।